Sujang

पालिका बासीलाई सुरक्षित स्थानमा बस्न आदर्श सरकारको आग्रह

Ban

गणेश मौनी,असार २२ डोटी :डोटीको आदर्श गाउँपालिकाले बाढी पहिरोको अति जोखिममा रहेका गाउँ बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानहरूमा बस्न आग्रह गरेको छ ।

Krishi

गाउँपालिकाले आज एक सूचना जारी गर्दै जिल्ला विपद् व्यवस्थापनको पूर्वानुमान अनुसार आदर्श गाउँपालिका अन्तरगत रहेका बाँझ, रौका, चाँसी, कोटान्जर,बाँहुनकाडा, झुँडा, जालकुले, भुवा, हिन्नेकाँडा, तलारा, गडखेत, बबिना, काँडा, कप्लानाका करिब ६०घरधुरीका ३ सय २० जना अति जोखिममा रहेको तथ्याङ्क रहेकोले विपद् जन्य घटना नदी, खोला, बाढी, पहिरो आउन सक्ने क्षेत्रबाट समयमै सुरक्षित स्थानमा घरपरिवारलाई सार्न आग्रह गरिएको आदर्श गाउँपालिकाकाका अध्यक्ष गणेश बहादुर खड्काले बताएका छन् ।
बर्सातको समय वर्षा दिनानुदिन दिन बढिरहेकोले यस बाट सुरक्षित रहन सम्पूर्ण पालिकावासीलाई आग्रह गर्नुका साथै यदि पालिकामा कहीँ कतै विपद्को अवस्था उत्पन्न भएमा विपद् सम्पर्क व्यक्ति गणेश राज ओझा ९८४८४७९१६०, इन्जिनियर दान बहादुर थापा ९८४८४७६०७० मा तुरुन्त सम्पर्क गर्न सबैलाई आग्रह गरिएको अध्यक्ष खड्काले बताएका छन् ।


विपद्को समयमा आफू सँग भएको श्रोत साधनलाई तयारी अवस्थामा राखी आवश्यकता अनुसारको सतर्कता अपनाइएको समेत अध्यक्ष खड्काले बताएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.