Sujang

राष्ट्रिय सहमतिको सरकार आवश्यक छ : प्रदेश प्रमुख मियाँ

Ban
असार १९, गते डोटी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
बुधवार नेपाल पत्रकार महासंघ डोटी शाखाले राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय सहमतिको सरकारले मात्र वर्तमान समस्या समाधान गर्न सकिने प्रदेश प्रमुख मियाँले बताए ।
उनले भने ,‘सरकारको स्थिरता नभएका कारण जसरी विकास हुनुपर्ने हो । त्यस्तो तरीकाले हुन नसक्नु दुर्भाग्य हो । विकास निर्माण तर्फ ध्यान दिनु भन्दा कसरी सत्ता टिकाउने भन्ने तर्फ अग्रसर हुनु ठिक होइन । ’
Krishi
उनले थपे,‘ अन्य प्रदेशमा राजधानी तोकिएको ठाउँमा संरचना बनाउने कार्य अगाडी बढेको छ । यो प्रदेशमा कार्य बढ्न सकेको छैन । पहिला नै गोदारीमा राजधानी तोकिएको भन्ने सुनियो । त्यसमा कसैको चासो छैन । यसलाई टुङ्गोमा पुर्‍याएर राजधानी बनाउनु पर्छ भन्ने कुरामा कोही अगाडी बढेको पाएको छैन ।’
पहिलो पटक पहाडी जिल्लाको भ्रमणमा आउँदा आफूलाई ठाउँ असाध्यै राम्रो लागेको बत्ताउँदै राजधानीका लागि दिपायल बिच सेन्टरमा पर्ने कुरा आफूलाई थाहा भएको बताए ।
जनताले चुनेर पठाएका जनप्रतिनिधि यहाँका जनताको मर्म वुझन नसकेको तर्फ उनले जोड दिए ।  यस विषयमा आफूबाट सल्लाह सुझाव मात्र दिन सकिने प्रदेश प्रमुख मियाँले बताए  ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.