Sujang

बाल विवाह तथा असुरक्षित गर्भपतन सम्बन्धी सचेतना कार्यक्रम 

Ban
असार ८, डोटी :बाल विवाह तथा असुरक्षित गर्भपतन सम्बन्धी सचेतना कार्यक्रम गरियो छ ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्था(साइन नेपाल ) धनगढीको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडानम्वर ८ लडागडामा रहेको सुना देवी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरिएको हो ।
Krishi
समाजमा विभिन्न कुरुतीले जडा गाडेर बसेको हुन्छ त्यस मध्ये समाज रूपान्तरणमा बाल विवाह तथा असुरक्षित गर्भपतन ठुलो बाधकको रूपमा रहेकाले यस लाइ न्यूनीकरण गर्न आफ्नो संस्था लागिपरेको मानवीय सेवामा अनेकौँ प्रयास संस्था (साइन नेपाल ) धनगढीका अध्यक्ष भक्तराज जोशीले बताए ।
उहाँले थप्नुभयो विद्यार्थी भाइबहिनीहरू भविष्यका कर्णधार र समुदायका परिवर्तक भयकाले यस्ता कुरती लाई अन्त्य गर्न स्थानीय सरकार लागी रहेको र हामी संस्था हरूले पनि सहयोगी भूमिका खेल्नु पर्ने हुँदा विद्यालयमा गएर विद्यार्थी भाइबहिनी हरूलाई समुदायमा परिचालन गरेर विभिन्न क्रियाकलाप गरी यी र यस्तै कुरुतीलाइ न्यूनीकरण गर्न यो कार्यक्रम लागु गरेको उनले बताए ।
सुना देवी माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागितामा उक्त कार्यक्रम गरी विद्यार्थी हरूलाई स्टेशनरी र विद्यालयमा केही सामान्य चाेटपक लागेमा प्राथमिक उपचारका लागी १ थान स्ट्रेचर  १ थान फस्टेट बक्स प्रदान गरिएको संस्थाका फिल्ड सुपरभाइजर पूर्ण बोहराले जानकारी दिए  ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.