Sujang

भारतमा चोरी गर्ने डोटीका २ जना पक्राउ

Ban
जेठ १८ गते ,डोटी : भारतमा चोरी गर्ने डोटीका २ जना पक्राउ परेका छन।
Krishi

राजस्थानको एक घरबाट २४ लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरका गहना र नगद चोरी गर्ने डोटीका सुरेन्द्र आउजी र विनोद आउजी पक्राउ परेका हुन्। चोरीमा सङ्लन्न रवि आउजी फरार रहेका छन्।

पलिया प्रहरीका अनुसार उनीहरूले सोमवार भारतको राजस्थानका मोड सिंहको घरबाट दुई लाख ६२ हजार सात सय चार नेपाली रुपैयाँ बराबरको भारतीय मुद्रा र २४ लाख नेपाली रुपैयाँ बराबरको सुन चोरी गरेका थिए। राजस्थानको किशनगढ जिल्ला अजमेरमा सिँहले निवेदन दिएका थिए। चोरी गरेको नगद र सुनसहित नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई पलिया प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई राजस्थान पठाइएको छ। – दिनेश खबर

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.