Sujang

डोटीमा बन डढेलो लगाउने व्यक्तिलाई कारबाही गरिने

Ban
Krishi

गणेश मौनी ,वैशाख २३ डोटी :डोटीमा बन डढेलो लगाउने व्यक्तिलाई पक्राउ गरी कारबाही गरिने भएको छ ।
शनिवार डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बन डढेलो नियन्त्रण सँग सम्बन्धित सरोकारवाला निकाएको बैठकले उक्त निर्णय गरेको डिभिजन बन कार्यालय डोटीका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए ।
जिल्लाका विभिन्न स्थानहरूमा बन डढेलोका घटनाहरू बढ्दै गएकोले बन डढेलो लगाउने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । उनले भने यदि कोही कसैले बनमा आगो लगाउने कार्य गरेको देखेमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह समेत गरेका छन् ।बन जंगलमा आगो लगाउने व्यक्तिको बारेमा सम्बन्धित निकायमा सुराक गरेमा उचित पुरस्कारको व्यवस्था रहेको समेत बताए ।
बन क्षेत्रमा लाग्न सक्ने बन डढेलो नियन्त्रण गर्न सामुदायिक बनमा आबद्ध सबै समूहमा बृहत् रूपमा छलफल गरी सचेतना जनाउनुका साथै बन डढेलो नियन्त्रणमा सक्रियता देखाउने कार्यलाई लागु गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको समेत प्रजिअ अर्यालले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.