Sujang

डोटीमा एक जना मृत फेला

Ban
Krishi

बैशाख १७,डोटीः डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्।

दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.