Sujang

महिलाले आर्थिक रूपमा सक्षम हुन जरुरी छ :  नगर उपप्रमुख जोरा

Ban
सरिता कठायत ,चैत १०,डोटी :  शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले महिलाले पनि आर्थिक रूपमा सक्षम हुन जरुरी रहेको बताएकि छन्  ।  मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय समुहगाड  शाखाको आयोजनामा शनिवार दिपायलमा वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रममा बोल्दै नगर उप प्रमुख जोराले यस्तो बताएकी हुन्   ।  पुरुषको भरमा मात्रै होइनन् इमानदारीपूर्वक महिलाहरूले पनि आर्थिक पाटोमा लागेर अहिलेको युगमा पैसा बचत गर्ने बानीको विकास हुनुपर्नेमा उनले जोड दिइन्  ।
Krishi
महिला दिदीबहिनीहरूले कार्यक्रमबाट सिकेका कुरालाई व्यवहारमा परिवर्तन गर्न सहभागीहरूलाई उनले आग्रह गरिन्  ।
ग्रामीण भेगमा बैङ्कको पहुँच नपुगेको ठाउँमा बैङ्किङ पहुँच पुर्‍याएर बचत गर्ने बानीको विकास सँगै आत्मनिर्भर भएर केही काम गरौँ भन्ने सोच भएका र आर्थिक समस्या भएका हरूलाई बिना धितोमा कर्जा प्रवाह गर्ने  संस्थामा आबद्ध रहेका सदस्यहरूलाई वित्तीय सम्बन्धी ज्ञान ,कर्जा सदुपयोग, सदस्यहरूलाई  उत्प्रेरित  साथै व्यक्तित्व र नेतृत्व विकास होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय  शाखा समुहगाडका  प्रबन्धक जगत राज  अधिकारीले बताए । उनले यस संस्थामा  दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका १ हजार ४ सय १३ जना बढी सदस्य हौ  रहेको प्रबन्धक अधिकारीले जानकारी गराए । सदस्यहरूलाई वित्तीय ज्ञान,कर्जा सदुपयोग,बचत गर्दा  आम मानिसहरूलाई धेरै कुरामा फाइदा हुने केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत ईश्वर आचार्यले सहभागी सदस्यहरूलाई जानकार गराएका थिए । संस्थाले समूहमा प्रदान गर्ने सुविधामा बचत कर्जा बिमा, संस्थाको ग्राहक संरक्षण कोष मार्फत  सुत्केरी स्याहार खर्च क्रिया खर्च चोटपटक लागेको लाई उपचार खर्च,  घर परियोजना मा प्राकृतिक प्रकोपको कारण क्षति भएमा क्षतिपूर्ति खर्च  समेत दिने गरेको छ ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.