Sujang

ट्राफिक नियम र आत्महत्या सम्बन्धी जानकारी

Ban
गणेश मौनी ,फागुन २८ डोटी :समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय बिपीनगर र प्रहरी चौकी खँड्यौलीले बिद्यार्थिहरुलाई ट्राफिक नियम र आत्महत्या सम्बन्धी जानकारी गराएको छ ।
Krishi
आशा बढाऔँ आत्म हत्या रोकौँ भन्ने मूल नाराका साथ आइतबार डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने बर्छैन माध्यामीक विद्यालयमा अध्ययनरत बिद्यार्थिहरुलाई विभिन्न विषयमा जानकारी गराइएको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले बताएका छन् ।
समाजमा हुने गरेका आत्म हत्या सम्बन्धीका घटना, लैङ्गिक हिंसा, घरेलु हिंसा, सामाजिक विकृति विसङ्गतिको अन्त्य अपाराधिक गतिविधिलाई न्यूनीकरण गरी समुदाय सँगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ अभियानलाई विद्यालयमा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बिपी नगरका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।
बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन भएको जनचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक दिनेश रिमाल, प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भाष्करदत्त पन्त र ट्राफिक प्रहरीले सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षक बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.