Sujang

विद्यालयमा पार्टीका झण्डा देखाएको भन्दै रास्वपा डोटीको आपत्ति

Ban

डोटी:राजनैतिक दलमा आबद्ध विद्यार्थी संगठनहरुका झण्डा विद्यालयहरूमा देखाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले आपत्ति प्रकट गरेको छ ।
सामुदायिक विद्यालयहरूमा विभिन्न दलका विद्यार्थी संगठनहरुले राजनैतिक गतिविधिमा आबद्ध गराउने उद्देश्यले समितिहरू गठन गरिरहेको कुरालाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलायरले त्यस विरुद्ध प्रेस विज्ञप्ति जारी गरेका छन् ।
उनले देशलाइ आवश्यक पर्ने व्यवहारिक र वैज्ञानिक शिक्षा सम्बन्धी बहस हुनुपर्ने ठाउँमा विद्यार्थीहरूको पढ्ने र रचनात्मक दिमागलाई भङ्ग गराइरहेको आरोप लगाएका छन् ।
राजनैतिक खिचातानीका कारण गुणस्तरीय शिक्षा हुन नसकेकोले डोटीबाट बसाइ सराइ भइरहेको आशय देखाउँदै सभापति बलायरले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को पालना गर्न आग्रह गरेका छन् ।             यस्तो छ बिज्ञप्ति ।

Krishi

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.