

चैत्र, २८ : डोटीको शिखर नगरपालिकाले दलित तथा अपाङ्ग महिलाहरूका सवाल एवं भावी योजनाका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
न्यायका लागि सञ्चार नेपालको सहजिकरणमा शिखर नगरपालिकाले सोमबार अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभा हलमा गरेको हो ।
नगरपालिकाले सञ्चालन गर्ने हरेक कार्यक्रममा लक्षित वर्ग, महिलाहरूलाई विशेष प्राथमिकता दिने गरेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बलायरले सबै वर्गको आवश्यकतालाई ध्यानमा राखी योजनाहरू निमार्ण गरिने समेत बताए ।
उनले भने,´नगरपालिका तपाईँहरूकै हो । तपाइहरूका केही समस्याहरू छन् भने साझा रूपमा आउनुहोस्। छलफल गरौँ। हामीहरूलाई पनि सुझाव सल्लाह दिनुहोस्। यहाँहरूका साझा मुद्दा ,सवाल तथा दुःख सुखमा स्थानीय सरकार छ।`
नगरपालिकाले महिलाहरूलाई लक्षित गरी विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरेको शिखर नगरपालिका नगर उप प्रमुख रावलले बताइन् ।
नगरपालिका अन्तरगत रहेका सबै दिदी बहिनिलाई समान रूपमा व्यवहार र कार्यक्रम वितरण गरिने समेत उनले बताईन् ।
उनले भनिन् ,´म बाट कसैलाई पनि यो दलित, जनताती, बाहुन, क्षेत्री , अपाङ्गता भएको भनेर विभेद हुने छैन । आवश्यकताका आधारमा कार्यक्रम तय गरी स्थानीय सरकारको अनुभूति हुने गरी काम गर्नेछु ।`
उनले थपिन,´ मलाई लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ। महिलाका पिडा के हुन्छन् । त्यस भित्र पनि दलित तथा अपाङ्गता भएका महिलाका समस्या तथा पीडा नजिकबाट नियालेकि छु। म नगर उप प्रमुखमा निर्वाचित भए पश्चात् स्थानीय सरकार कहाँ छ कस्ता ब्यक्तीकालागि हुनुपर्छ भन्ने अनुभुति हुने गरेर नगरका दिदीबहिनीका लागी विभिन्न कार्यक्रम गरिरहेका छौँ।`

नगर भित्रका ९० जना एकल महिलालाई राहत वितरण ,सुत्केरी महिलालाई कोषेली ,नगर भित्रका अगुवाइ महिलाहरुसंघ महिलाका सवालमा अन्तर्क्रिया तथा सम्मान ,सुरुआति चरणमा नगर केही वडामा सिलाई कटाई तालिम,माला पोते बनाउने तालीम, दुना टपरी तालीम लगायतका आयआर्जनका कार्यक्रम गरेको उप प्रमुख रावलले बत्ताइन् ।
नगरका सबैलाई समेट्ने गरी आयआर्जन ,सिपमूलक क्षमता विकास लगायतका कार्यक्रमलाई जोड दिने प्रतिबद्धता गरिनन्।
अन्तरक्रिया कार्यक्रममा बोल्दै शिखर नगर पालिका -१कफल्लेकी रुपा चुनाराले हलियाहरुको वास्तविक तथ्याङ्क संकलन भई वास्तविक हलियाहरुले मात्र राहात पाउनुपर्ने, दलित र गैर दलित बिचको विभेद अन्त्य हुनुपर्ने, घरेलु हिंसा अन्त्य हुनुपर्ने, लैगिंक विभेद अन्त्य हुनुपर्ने बत्ताइन्।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै शिखर नगर पालिका -६ कि लक्ष्मी विकले जनचेतना ,क्षमता अभिवृद्धि तथा सिपमूलक तालीममा जोड दिनु पर्ने बताइन् ।
त्यस्तै अन्तर्क्रिया बोल्दै शिखर नगरपालिका – १० कि कलावती दमाईले बालविवाह , बहुविवाह न्यूनीकरण तथा शिक्षामा दलित महिलालाई उत्प्रेरणा दिने खालका कार्यक्रममा ल्याउन सुझाव दिइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिका -८ इन्द्रा नेपाली छुवाछूतमा अहिले पनि विभेद हुनेगरेकोले न्यूनीकरणका कार्यक्रम ल्याउन पर्ने सुझाव दिइन् ।
अपाङ्गता भएका हरुका लागि उनीहरूको क्षमता र शारीरिक अवस्थाले भ्याउने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बत्ताइन्।

कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना सवालहरू र भावी योजनाको बारेमा समेत छलफल गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा शिखर नगरपालिका अन्तरगत सबै वडाका दलित तथा अपाङ्गता भएका महिलाहरू, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए ।

