Sujang

सुत्केरीलाई नि:शुल्क एम्वुलेन्स सेवा

Ban

डोटी :जिल्ला अस्पताल डोटीले सुत्केरी महिलाका लागी एम्बुलेन्स सेवा नि:शुल्क गरेको छ । यहि चैत्र महिनाको ८ गते देखि असार मसान्तसम्मका लागी अस्पतालमा सुत्केरी हुन आउने र अस्तालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर रिफर हुने सुत्केरीका लागी एम्बुलेन्स सेवा नि:शुल्क गरेको हो।

Krishi

जिल्ला अस्पताल डोटीका अध्यक्ष धनबहादुर नेपालीका अनुसार संस्थागत सुत्केरीको संख्यामा बृद्धी, आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिम भएका महिलालाई राहात स्वरुप अस्पतालले एम्बुलेन्स सेवा निशुल्क गरेको उनले बताए ।

अस्पतालमा सुत्केरी हुने महिलालाई यातायात स्वरुप दुई हजार दुई सय रुपैँया दिईने भएको हुँदा सुत्केरी भइ घर फर्कने महिलाहरुका लागी भने उक्त ब्यबस्था नरहेको अस्पतालले जानकारी दिएको छ ।


जिल्लाका ग्रामिण स्थानमा रहेका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा जिल्ला पठाउनु पर्ने महिलालाई उक्त कार्यक्रममले बिशेष राहात पुग्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट निराजन श्रेष्ठले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.