Sujang

कैलालीमा ठगीमा संलग्न ८ जना पक्राउ

Ban

धनगढीः कैलालीमा ठगीमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। टीकापुरबाट ग्लोबल ओरियन्स प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। ग्लोबल ओरियन्स नेपाल प्रालि शाखा कार्यालय टीकापुरका कर्मचारी भन्दै ठगी कार्यमा संलग्न ८ जना पक्राउ परेको प्रहरीले बताएको छ।

Krishi

फेसबुकबाट चिनजान गरि पुस १५ गते बिभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का ३३ बर्षीय लालबिर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० बर्षीय डेकेन्द्रबहादुर विक रहेका छन्।

त्यस्तै सोही ठाउँका बिन्द्रासैनी नगरपालिका–८ का १९ बर्षीय रबिन्द्र बोहरा, सोही ठाउँका १८ बर्षीय भरेश शाही, दैलेख दुल्लु नगरपालिका–९ का १९ बर्षीय खगेन्द्र जैशी आठबिस नगरपालिका–१ का २५ बर्षीय जितेन्द्र बिक पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका २३ बर्षीय दुर्गा बिक र आठबिस नगरपालिका–३ का २० बर्षीय बर्षा बडुवाल रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

उनीहरुलाई स्थानीयले दिएको ठगी मुद्धाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका विरुद्ध अहिले म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.