Sujang

डोटीका ३२ बिद्यालयलाई वाईफाई डिभाईस

Ban

गणेश मौनी, डोटी :डोटीको बडीकेदार गाउँपालिकाले पालिका अन्तरगत रहेका ३२ वटा सामुदायीक आधारभूत बिद्यालयहरुलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाई डिभाईसहरु बितरण गरेको छ ।
पालिकाले संघिय सरकार संग गरेको सम्झौता अनुसार दुर सञ्चार प्राधिकरणको सहयोगमा पालिकाले फोर जि सेवा चल्ने सिमकार्ड सहितको वाईफाई डिभाईसहरु बितरण गरेको हो ।
शिक्षामा नयाँ प्रबिधीको प्रयोग गरि शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजताहोस भन्ने हेतुले आधारभूत तहका सबै बिद्यालयहरुमा ईन्टरनेट सेवा जडानको लागि वाइफाई डिभाईसहरु बितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए ।

Krishi

उहाँले बिद्यालयमा इन्टरनेट सेवा जडान हुदाँ पढाईका साथै बिद्यार्थिहरुलाई नयाँ विषय बस्तुको बारेमा जानकारी गराउन थप सहजता हुने बताउनु भयो ।
बडीकेदार गाउँपािलका अन्तरगत ३२ वटा आधारभूत र ९ वटा माध्यामीक बिद्यालयहरु गरि ४१ वटा बिद्यालयहरु रहेका छन् । पालिका अन्तरगत रहेका माध्यामीक बिद्यालयहरुमा इन्टरनेट सेवा पहीले नै जडान भईसकेको हुदाँ गाउँपालिकाका सबै बिद्यालयहरुमा इन्टरनेटको सुबिधा हुने देखिन्छ । पालिकाले यो भन्दा पहीले पालिकाभित्रका २२ वटा बिद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरि शिक्षकको ब्यवस्थापन गरिसकेको समेत शाखा प्रमुख देउवाले बताए ।

बिद्यालयहरुलाई सिम सहितको उपलब्ध गराएको डिभाईसमा इन्टरनेट संचालन गर्नका लागि २ वर्ष सम्म आवश्यक शुल्क दुर सञ्चार प्राधिकरण ब्यहोर्ने र त्यसपछी बिद्यालयले ब्यवस्थापन गर्नुपर्ने पालिकाले जनाएको छ । बिद्यालयलाई उपलब्ध गराएको एउटा डिभाईसको मुल्य ७३ हजार ९ सय परेको पालिकाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.