Sujang

आदर्श गाउँपालिकाले उपभोक्तालाई तालिम सँगै योजना सम्झौताको कार्य सुरु

Ban

रश्मि कुवँर-डोटीको आदर्श गाउँपालिकाले पालिका भित्रका सबै वडामा उपभोक्ता समितिलाई क्षमता अभिवृद्धि तालिम दिनुका साथै योजना सम्झौताको कार्य सुरु गरेको छ ।

शुक्रवार गाउँपालिकाको वडा नम्बर ७ दहकालिकास्थान बाट अभियानको सुरु गरेको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षको पालिका अन्तर्गतका उपभोक्ता समिति मार्फत हुने विकास निर्माणका कामहरू प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि उपभोक्ता समितिलाई तालिम प्रदान गर्न शुरु गरेको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले जानकारी दिइन् ।

Krishi

पालिकाले पालिका भित्रका ७ वटै वडामा गठित उपभोक्ता समितिलाई योजना कार्यान्वयन, फर्छ्योट तथा गुणस्तरका सवालमा अभिमुखीकरण प्रदान गरिने उनले बताइन् ।

‘चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेट तथा कार्यक्रम बमोजिम उपभोक्ता समिति मार्फत सञ्चालन हुने वडा स्तरीय योजनाको प्रभावकारी कार्यान्वयनमा देखि समस्या समाधानका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । तालिमबाट उपभोक्ता समितिको कार्यसम्पादन क्षमता अभिवृद्धि गरी तोकिएकै समयमा गुणस्तरीय ढङ्गबाट योजना सम्पन्न गर्न मद्दत पुग्नेछ ।’

उनले थपिन् ,´स्थानीय सरकारको अनुभूति दिनका लागि गाउँपालिकाले वडामा गएर उपभोक्ताहरूलाई तालीम दिएका हौँ । उपभोक्ताहरूलाई झन्झटिलो नहोस् भनेर वडाबाट छनोट भएका योजना वडामा नै सम्झौता गर्ने व्यवस्था गरेका हौँ।´


तालिममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ,योजना शाखा, प्राविधिक शाखा, लेखा शाखाका प्रमुखहरूले सहभागीहरूलाई तालिम प्रदान गरेको उनले जानकारी दिइन् ।

क्षमता अभिवृद्धि तालीम तथा योजना सम्झौतामा वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी तथा जनप्रतिनिधि लगायतको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.