Sujang

भूकम्पले घर भत्काउँदा डाेटीमा ६ जनाकाे मृत्यु

Ban

प्रकाश बम – डोटीमा बुधबार बिहान २.१२ मा आएकाे भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाकाे वडा नं ३ गैरागाँउमा ६ जनाकाे मृत्यु भएको छ । घटना स्थलमा खटिएका ईलाका प्रहरी कार्यालय सानागाउँ प्रहरी सहायक निरीक्षक  नैनसिंह भाटका अनुसार मृत्यु हुनेमा ५० बर्षिय प्रेम बोहरा ,१३ बर्षिया सीता बोहरा ,४० बर्षिया भगवती बोहरा ,८ बर्षिय हर्क बोहरा ,१४ बर्षिया धनसरि बोहरा र १४ बर्षिया तुल्छी बोहराको मृत्यु भएको छ।

Krishi

त्यस्तै घाइतेहुनेहरूमा इन्नरि बोहरा ,धौली बोहरा , कृष्ण बोहरा ,साना बोहरा र महाबिर बोहरा रहेको उनले शिला खबरलाई जानकारी दिए।

साे वडामा ८ घर भूकम्पले पूर्णरूपमा क्षति गरेकाे भाटले बताए ।

डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरकाे भूकम्प जाँदा डाेटीमा धनजनकाे क्षती भएकाे छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.