Sujang

डोटीमा सामी कार्यक्रमको वार्षिक समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सम्पन्न

Ban

मंसिर १२ गते, डोटी : सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिकामा वार्षिक समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सम्पन्न भएको छ।

Krishi

शुक्रबार आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ का लागि कार्ययोजना निर्माणसम्बन्धी छलफल गरिएको थियो।

कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक रोजगारीका क्रममा देखिने समस्या तथा चुनौती, आप्रवासी कामदार र उनीहरूका परिवारलाई प्रदान गरिने सेवा तथा सहयोगका विषयमा समीक्षा गरिएको थियो।

त्यसैगरी, विगत आर्थिक वर्षमा सञ्चालन गरिएका गतिविधि, उपलब्धि, सिकाइ तथा चुनौतीहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमले सुरक्षित, मर्यादित तथा व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्नुका साथै वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना, परामर्श र आवश्यक सहयोग उपलब्ध गराउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.