Sujang

डोटीको पूर्वीचौकी गाउँपालिकाबाट नापी र मालपोत सेवा सुरु

Ban

मंसिर १२ गते ,डोटी: डोटीको पूर्वीचौकी गाउँपालिकाले स्थानीय स्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले ‘भूमि प्रशासन शाखा स्थापना’ गरेको छ। जिल्लामा स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने पूर्वीचौकी पहिलो गाउँपालिका बनेको छ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार संविधानले परिकल्पना गरेको अधिकार गाउँ गाउँसम्म पुर्‍याउने उद्देश्यअनुरूप स्थानीय नागरिकलाई सहज रूपमा भूमिसम्बन्धी सेवा उपलब्ध गराउन शाखा स्थापना गरिएको हो।

उनले यस व्यवस्थाले स्थानीय बासिन्दालाई मालपोत तथा नापीसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न सहयोग पुग्ने बताए।

Krishi

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज शर्माले नेपाल सरकारको निर्णयअनुसार नागरिकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर भूमि प्रशासन शाखा स्थापना गरिएको जानकारी दिए।

यस्तै, भूमि प्रशासन कार्यालय डोटीका प्रमुख कपिल भट्टले जिल्लामा पहिलो पटक पूर्वीचौकी गाउँपालिकाले स्थानीय तहबाटै यस्तो सेवा सञ्चालनको व्यवस्था सुरु गरेको बताए।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी सेवाका लागि मालपोत तथा नापी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

गाउँपालिकामै सेवा उपलब्ध हुने भएपछि समय र खर्चको बचत हुनुका साथै सेवा लिन सहज हुने भन्दै स्थानीयले खुसी व्यक्त गरे।

संविधान बनेको ११ वर्षपछि स्थानीय तहले मालपोत सेवासम्बन्धी अधिकार पाएका छन् । सरकारले मालपोत र नापीसम्बन्धी नियमावली संशोधन गर्दै यससम्बन्धी अधिकार स्थानीय तहलाई दिएको हो । दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै स्थानीय तहबाटै जग्गासम्बन्धी सम्पूर्ण काम गर्न बाटो खुलेको सँगै स्थानीय तहले सेवा दिन सुरु गरिरहेका छन्

Salmuni
Leave A Reply

Your email address will not be published.