Sujang

डोटीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु  

Ban

साउन १३ गते डोटी : डोटीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बुधबार दिउँसो जिल्लाको जोरायल गाउँपालिका–४ देउथलाका चन्द्रबहादुर ओलिको कुटपीटबाट उनकी ४७ वर्षीया श्रीमती अमृता ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दका अनुसार श्रीमानले मदिरा सेवन गरि कुटपिट गरेर गम्भीर घाइतेकि भएकि ओलिको मृत्यु भएको उनले बताए ।

Krishi

कुटपिटबाट पेटको बायाँ भागमा गम्भीर चोट लागेपछि उपचारका लागि स्वास्थ्य चौकी चन्कट्टे लगिएकी ओलीलाई थप उपचारका सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र चिकित्सकले साँझ ६ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनामा संलग्न ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनी जगदम्बा आधारभूत विद्यालय, काफली, डोटीका राहत शिक्षक रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.