

प्रतीक्षा धामि ,असार ६ गते ,डाेटी: बोगटान फूडसिल गाउँपालिकामा विभिन्न वडाका २५ किशोरीहरुले तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम लिएका छन्।
नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बोगटान फूडसिल गाउँपालिकाको सहयोगमा संचालित तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको हो।
असार ३ गते देखि ५ गते सम्म संचालित महिला संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत गरिएको सो तालिमको शुक्रबार समापन गरिएको छ ।
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमको सभापतित्वमा सम्पन्न सो तालिममा प्रमुख अतिथि बोगटान फूडसिल गाउँपालिका अध्यक्ष कमल गडसिला रहनु भएको थियो ।
पत्रकार महासंघका अध्यक्ष बमले बोगटान फूडसिल गाउँपालिकाका किशोरीहरुको क्षमता विकास एवम महिला पत्रकारहरु उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।
प्रमुख अतिथी गड्सिलाले किशोरीहरुले तालिमबाट सिकेका कुराहरुबाट आफ्नो व्यक्तित्व विकासमा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
साथै अध्यक्ष गडसिलाले तालिम लिन किशोरीहरुलाई उद्घोषण कलाको उपयोग गर्न आगामी दिनहरु विद्यालयहरुमा प्राथमिकता दिने गरि प्रधानाध्याकहरुलाई परिपत्र गरिने बताए ।
बाेगटान फूडसिल गाउँपालिकाले विगत ४ बर्षदेखि किशाेरीहरूकाे क्षमता विकासका लागि पत्रकारिता सम्बन्धि तालिम महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत बजेट बिनियाेजन गर्दै आएकाे छ ।

गाउँपालिका उपाध्यक्ष बिष्ना देउबा वमले दुर्गम गाउँमा रहेका किशाेरीहरू अवसर नपाएर प्रतिभाहरू लुकाउन वाध्य रहने अवस्थालाई परिवर्तन गर्न विभिन्न क्षमता विकासका तालिमहरू महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत संचालन गरिरहेकाेे बताईन् ।
उपाध्यक्ष वमले गाउँघरका धेरै आमादिदीबहिनीहरूको आवाज अझै पनि सार्वजनिक रूपमा आउन नसकेको उल्लेख गर्दै यस तालिमपछि सहभागीहरूले गाउँमा लुकेका प्रतिभा, समस्या र पीडामा परेकाहरूको आवाज उजागर गर्न तालीमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
उपाध्यक्ष बमले सञ्चार र पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायको हितमा प्रयोग गर्न सहभागीहरूलाई अनुरोध गरिन्। उनले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा सीपमूलक तालिमहरूलाई स्थानीय सरकारले निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरिन्।
समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका पुर्ब अध्यक्ष तथा प्रशिक्षक टेकेन्द्र देउवाले पत्रकारिता क्षेत्रमा चुनौती सँगै सम्भावना पनि उत्तिकै रहेको बताए ।
उनले पत्रकारिता पेशा जिम्मेवार, मर्यादित र समाजप्रति उत्तरदायी क्षेत्र भएकाले सत्य, निष्पक्ष र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
देउवाले पत्रकारिताले समाजका आवाजविहीन र पछाडि पारिएका समुदायका मुद्दालाई उजागर गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सञ्चार तथा पत्रकारिताप्रति रुचि राख्ने किशोरीहरूका लागि तालिम उपलब्धिमूलकभएको भन्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत पदमराज अवस्थीले तालिममा सहभागि किशोरीहरुको क्षमता विकास देखेर खुसि लागेको बताए । तालिम सिकेका कुरामा ब्यवहारमा उतार्न समेत उनले जोड दिए ।
तालिममा मुख्य प्रशिक्षक पत्रकार टेकेन्द्र देउवा, प्रकाश बम, सरिता कठायत, चक्र मल्ल ,विक्रम खडका, प्रतीक्षा धामीले उदघोषण गर्ने सीप कला, ध्यान दिनुपर्ने कुराहरुका सैद्धान्तिक कुराबारे प्रशिक्षण दिदै प्रयोगात्मक अभ्यास समेत गराउनु भएकाे थियाे ।
त्यस्तै आधारभुत पत्रकारीता वारेमा समेत सैद्धान्तिक पक्षमा जानकारी तथा समाचार लेखन समेत गराईएको थियो ।
तालिमका सहभागिहरुका मध्यबाट उषा बम ,बिमला बोहरा ,सुशिला कुडमालले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा समेत उतारिने प्रतिबद्धता गरे । उनीहरूले आगामी दिनमा पुर्नताजगी तालिमकाे आयाेजना गर्न समेत माग राखे ।
समापन कार्यक्रमकाे संचालन तालिमका प्रशिक्षार्थी रेखा वमले गरेकि थिइन् ।

