

चैत १८ गते,डोटी :डोटीको के.आई. सिंह गाउँलिपालिका – ५ सैन स्थित सेती नदि किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार विहान सेती नदि किनारमा बेवासिशे पुरुषको शब भेटिएको हो ।

स्थानीयले अर्ध सडेको अवस्थामा सेती नदि किनारमा शव सडेको देखेपछि प्रहरी चौकीलाई खबर गरेका थिए ।
खबर पाउना साथ इलाका प्रहरी कार्यालय दिपायलबाट
प्रहरि नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ५ जनाको टोली खटिईएको छ । घटनास्थलमा पुगी हेर्दा नाम,थर वतन खुल्न नआएको पुरुषको वेवारीसे लाश अर्ध सडेगलेको घोप्टो अवस्थामा रहेको कठायतले बताए ।
थप अनुसन्धानको लागी घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा ५ जनाको टोली खटिएको जनाएको छ ।

