Sujang

ठूला केदार : छोट्करी पच्छ्यान

ठूला केदार : छोट्करी पच्छ्यान
फणेन्द्र साउँद
डोटी
१.पच्छ्यान :
डोटी जिल्लाका प्रमुख देवस्थल मध्ये ठूलाकेदार पनि एक प्रमुख देवस्थल हो । जो डोटी जिल्लाको मान्नाकापडी रे बर्छैन गा.वि.स. बाटी पूर्व, सिमचौर, चवँरा–चौतारा र सातफरी गा.वि.स. धेखि पश्चिम, धिर्गामाण्डौँ गा.वि.स. धेखि दक्षिण रे घाङ्गल गा.वि.स. धेखि उत्तर तिर अवस्थित लाना केदारेश्वर गा.वि.स. को अति उच्च घल्घल्ले भण्णे लेकबाटाइहै २ किलोमिटर उचाईमी रया धुरा लेकमी छ । यइ ठूला केदारमी जानका लागि अत्तरियाबाटी सहजपुर–वि.पी. नगर, खडेउली हुनै अत्तरकाँडावाटी पैदल हिडीवर जानु पड्ड छ । स्थानिय बोलीचालीमी यीनु केदारलाईकोइ बड्डा केदार, कोइ बड्डिी केदार रे कोइ ठूला केदारका नाउँले पुकान्र्या गर्यको पाइनुछ । मानस पुराणमी यीनको नाउँ बृद्ध केदार भनि उल्लेख गर्याको छ । तेइ हिसाबले पनि बड्डा, बड्डि, ठूला रे बृद्ध सबइ शब्दको अर्थ मिल्ल गयाकोछ ।

ठुला केदारका सन्दर्भमी भण्णु पड्डा भारतको उत्तराञ्चल राज्यमी पड्डे पवित्र चारधाम मध्येको एक धाम बाबा केदारनाथको हो । यो भगवान शिवसंङ्ग सम्वन्धित देव स्थान हो । आद्य गुरु शंकराचार्यको समाधी पनि इसै केदारनाथ परिसरमी रया छ । स्थानीय जनमानसमी उनलाई केदारनाथका औतार माणिया छ । अगन यो ठाउँ मानव बस्ती बाटी भौत दुर रे विकट हिमालय क्षेत्रमी पड्डे भया हुनाले सर्वसाधारण मान्सलाई केदारनाथको दर्शन अद्द सजि होस् भणिबर यै हिमालय क्षेत्रका ठौर–ठौरमी केदारनाथको स्थापना अरिया हो । डोटी जिल्लामी रया केदार देवस्थानमी इन ठूलाकेदार प्रमुख हुन् भणे यिनरा उपशाखाका रुपमी विश्वास अरिया गडसेराको उदैनी केदार र, चाका केदार, मुडभराको लाटाकाफली केदार, गन्याप केदार, केदारअखडाको सानाकेदार, जोरायलको घण्टेश्वर केदार, गुनड् केदार, गुफा केदार, घाङ्गल चवाँलाको सानाकेदार र कपल्लेकीको कपल्लेकी केदार लगायतका पड्डाहान् । जो भक्त ठुला केदार पुगन नै सक्दा इनले मथि लेखिएका केदारका शाखामी दर्शन अरे लगै होइजान्छ भण्णे मान्यता रयी आया छ ।

२ .पूजालागने समय :
ठूला केदारमी सदाइका वर्ष कार्तिक शुक्ल पक्ष
त्रयोदशी रे चतुर्दशीका दिन मेला लागन्छ । मेलामी दुरदुर बाटी लाखौका संख्यामी दर्शानाथी रे भक्तजनको घुइचो लौदछ ।

 

३ .उत्पत्ति
ठूला केदार उत्पत्तिका सन्दर्भमी एक् रोचक किंवदन्ति यिसो छ ः किंवदन्ति अनुसार परापूर्व कालमी केदार लेकका फेदमी रया लाना केदारेश्वर गा.वि.स.मी पड्डे सुनाडा भन्ने एक्गाउँ छ । त्यै गाउँका मान्सहरु घल्घल्ये लेकमी गोठ बनाईबर गाई भैसा चराउँथे । एक दिन अचानक एक् दुना गाईले दुध दिन छाड्या रैछ । गाईले किलाइ दुध दिन छाड्यो भणिबर गोठालाले बुझ्न खोज्या रैछ । बुझ्ने क्रममी गोठालाले वनमी गया गाईको दुध काइँ बाच्छाले त खानैन भण्णे सोच्या रैछ । गाईको कल्चौडो सबै खाली किलाइ हुन्छ भण्णे सोचिबर अर्खा दिन बाच्छालाई गोठमी बाँदिबर राख्या रैछ । बाच्छो गोठमी बाद्या हुनाले गोठालाले आज त गाईले दुध दिन्छ भण्णे सोच्या थ्यो । तिसै क्रममी गाईलार्ई दुन खोज्या रैछ त्यैदिन पनि गाईका थनबाटी एकतोप्पो पनि दुध नै आयो । अर्खादिन आफुइ गाईसित गोठालो गया रैछ । बनमि चद्देबेला अचानक गाई आफना बगालबाटी हरायारैछ । गोठालाले गाईलाई खोजने क्रममी गाई त नसोचेको अकल्पनीय रे अनकन्टार पःडका टुप्पामी धेक्या रैछ । गाईलाई त्यै पःडका टुप्पामी धेकेपछा गोठालो अचम्म पड्या रैछ । तिसा ठाउँमी जाँ मान्छे जान सक्दैन यो गाई कसरी गयो भणीबर मनमनै आफैलाई प्रश्न अद्दे रैछ । गोठालो बल्ल–तल्ल अरीबर गाईको नजिकै जान्छत त्याँ गाईका थुनबाटी दुध बगया धेक्या रैछ । गाईका थनबाटी बग्या दुदले त्यै अन्कन्टार पःडमी रया विसाल शिला दुधैदुधले भिज्या धेकिछ । इसरी गाईले केदारका थानमी दुधका धारा बगाई रया अवस्थामी फेला पाड्डे मान्छे ‘सहस्त्र लुहार’ हो भण्णे मान्यता छ । हालका केदार थानमी रया शिलाका गाईका थुनबाटी आफुइ दुधका धारा बगी रया धेकिया हुनाले यै शिलामी केइ न केइ दैवीशक्ति छ भण्णे मान्यताका साथ तिसै दिन धेकि यै केदारदेवताका थानमी पूजा–आजा अरिनै आया छ । यै केदारलाई अर्खा शब्दमी सहस्त्र लिङ्ग पनि भण्णाहान् । इसो भन्नुको पछाडी ‘सहस्त्र नाम’ भएको एक् जना मान्सले यै गाथलाई पत्ता लायाहुनाले नै यैलाई सहस्त्र लिङ्ग भणियाहो भण्णे किंवदन्ति रहि आया छ । यैका साथै एक् ‘रुपा डोली’को रहस्यमय कथा लगै केदार बाबासँग जोडिया छ । जो यिसो छ ः

४ .रुपा डोलीको कथा
सदाइका वर्ष कार्तिक शुक्लपक्षको त्रयोदशी तिथिका दिन लानाको ‘गड्गाउँ’बाटी बाजा–गाजा सहितको रुपाडोला केदारनाथसम्म लैजाने प्रचलन रहि आया छ । यसो हुनुमी पनि रोचक घटना रया पाइन्छ । जनश्रुति अनुुसार केदार थानका पुरोहित तथा ज्योतिष ‘खपर’ भन्ने मान्स थे । यिन् केदारको कान्छो छोरा मोहन्यालको उत्पत्ति भए पश्चात् खपर रे मोहन्यालका बीच मतभेद भएको प्रसंग छ । मोहन्याल आफूसंग नमिल्ने भए पछि खपरले केदारलाई भणे “तमरो यो चेलो मोहन्याल तमरा मूल जन्म्या छ ,यैलाई बगाइदिए निको हुने हो , नति त यो तमरो नाश अद्दे हो ।” यिसी कुरडि सुणिबर केदार बाबा लाई पनि विश्वास लाग्यो रे उनले आफना कान्छा चेला मोहन्याललाई केदार्नी धाराबाटी बगाइ दिए । वाँ पछा चेलाका सोचले तड्पीरयै मोहन्यालकी इजा केदार्नी आफना चेलालाई खोद्द तिसै बगाएका खोलामी जान्लागिन् । तर आफना चेलालाई नभेटे पछा अर्खा खोलाबाटी माथी आइन् । मथि आउँने बेलामी वस्तोलाका ‘सत्भार’ भण्णे खेतमी पुगीबर भौत थाक्या अवस्थामी पराल डस्यैबर सिइन् ।

अर्खातिर केदार बाबा लगै विचल्लीमी पडिबर केदार्नीका खोजीमी निकले । वस्तोलाका सत्भार खेतमी भिटिएकि केदार्नीले केदार स्थानमा नफर्किने जिद्धी अरिन् रे आफु थाक्यै कुरडि लगै भणिन् । वाँ पछा केदारबाबा पनि केइदिन त्यँै बसे । थागेकी केदार्नीलाई केदारबाबाले बुढी आमाबाटी चाँदीकी डोलामी बोकाइबर केदार स्थानमी पुकायो । त्यै प्रसंगले अद्दा लेखा अच्याल पनि सत्भारबाटी केदार स्थानसम्म डोली संस्कारिक तरिकाले लैजाने अरेको पाइन्छ । सत्भारबाटी खपरे स्थान पुगेपछा, पछा केदारगाथामा रुपाडोला लैजानेबेला ‘लुडे’ देवता आफुइ कामीबर डोला बोकने अरन्छ ।

५ .सम्वन्धित और देवी–देवता
यै ठुला केदारमी सदाइका वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिका दिन वाषर््िाकपूजा हुने भया हुनाले भक्तजन दर्शनार्थीको ठूलोइ भीड लागन्छ । त्यै दिन यै केदार शिखरमी विभिन्न ठाउँबाटी भौत देवतान्को देउरो आउँछ । तीन् देउराहरु यै क्षेत्रका विभिन्न गाउँबाटी आउँनाहान् , जैमध्ये लाना केदारेश्वर गा.वि.स. अन्र्तगत पड्डे गड्गाउँको ‘टुडे देवताको देउरो’, सिराडाको ‘विबरगाढी’को देउरो धिर्गाणीको देउरो, बुढाकोटको धिर्गाणी देवताको देउरो, थानकोटको देउरो बयाल गाउँको मेलघट्टीको देउरो रे बडातोला देवताको देउरो लगायतका देउराहरु त्यै दिन रङ्गि–चङ्गि पोषाक लाइबर ठूला केदार गाथमी पुग्दाहान् भणे धिर्गामाण्डौँ गा.वि.स बाटी धिर्गाणी,मोहन्याल रे बेताल देवताको संयुक्त रुपमी आउने देउरो अनेक थरिका पोषाक पैरन सहित केदारमी पुगन्छन् । ठुला केदारमी लाना केदारेश्वरबाटी आउँने देउरालाई लानाको देउरो रे धिर्गामाण्डौँबाटी आउने देउरालाई गर्खाको देउरो भणिन्छ । ठुला केदारमी लागने मेलामी सदाइका वर्ष आउँने देउरामी लाना रे गर्खाका देउराहरु हुन् भणे, त्यै बाहेक तिखातर गा.वि.स.को वडानं ८÷९ तथा नारीबाटी बासुदेवि देउताको देउरो लगै आउँने अरन्छ । यै बाहेक कैलालीका पहाडी क्षेत्रमी पड्डे कठिउरबाटी पनि प्रत्येक पाँच–पाँच वर्षमी आउने मेलघट्टी देवताको देउरो, कैलालीको धमकोट, डोटी बर्छैन गा.वि.स.को अलाडी बाटी मोहन्यालको देउरो लगै आउने अरन्छ ।

६ .केदारका विशेष आकर्षण :
यै केदार देवताको एक महत्वपूर्ण अदृश्य आकषर्ण भनेको भक्तको मनोकाङ्क्षा पुरा हुने जन बिश्वास हो । यैका साथै त्याँ दृश्य आकर्षणका रुपमी गाई–बाच्छो सहितको ढुङ्गो लगै रया छ । त्यै ढुङ्गाका मल्तिर एक् अर्खा ठूला ढुङ्गा मथि दुई ठूला रे एक् नाना ढुङ्गाकी मूर्ति छ । तिन् दुई मूर्ति मध्ये नानो मूर्तिलाई बाच्छो, रे ठूली मूर्तिलाई गाई हो भण्णे माणिया छ । ठूला केदारका आसपासमी निगालाको रमाइलो जंगलका साथै भौत प्राकृतिक वनस्पतिहरुको अवलोकन गर्न सकिन्छ भणे केदारका दक्षिणतिर कर्णाली नदीको मनोरम दृश्य, उत्तरमी मनमोहक सेताम्य हिमाल रे कुहिरा लागेको दृश्य अवलोकन अद्द पाइन्छ भणे राःतका समयमी तराईमी बलेका झिलिमिली बत्तिहरू धेकिनाहान्् । त्याहाँको मनमोहक दृष्य रे भू वनोट पनि मुख्य आकर्षणका रूपमी रया छ ।

७ .केदार देवस्थलमी हुन्यै गतिविधि :
पौराणिक ग्रन्थका आधारमी केदारलाई शिवजीका प्रतिकका रुपमी लिइन्छ । ठूला केदारमी कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिका दिन मेला लागन्छ । ठूला केदारको दर्शन अद्दखिलाई भारतका उत्तरप्रदेश, सुदूरपश्चिमका प्राःय सबै जिल्ला रे मध्य पश्चिमका केइ जिल्लाहरुबाटी दर्शनार्थी आउँनाहान् । यै ठूला केदारको दर्शन अरे पछा मनोकामना पुरा हुने जनविश्वास भया कारणले लगै ठूलो संख्यामी भक्तहरू याँ दर्शन अद्द आउँनाहान् । यो अति उच्च लेकमी रया हुनाले पनि याँ भौत चिसो हुन्छ । यै ठूला केदारमी हुन्या गतिविधिहरूमी विभिन्न ठाउँबाटी आएका देउराहरु अर्थात् धामीहरुले आ–आफ्नो भेषमा फरक–फरक कला–कौशल प्रस्तुत अद्दैे,रातभरी नाँच्ने, ड्यौडा खेल्ने, मगर जातिहरूले मारुनी नाँच नाँच्ने तथा अन्य दर्शनार्थीहरूले राःतभरी जागराम बसी भजन–किर्तन अद्दे अरेको पाइन्छ । यैका संङ्गै याँ विवाह, ब्रतवन्ध,भागवत, शिव पुराण लगायतका यज्ञ–यागादि हुनाहान् ।

८ .याँ का समस्याः
ठूला केदार भौत उच्चा लेकमी भया हुनाले याँ भौत किसिमका समस्या रया छन् । जै मध्ये–सबै मान्छेले केदारको सहज रुपमी दर्शन अद्द नसक्नु, दर्शन अद्दखिलाई भौतबेर सम्म लाईनमी बसनु पड्डे बाध्यताहुनु, दिसा पिसाब अद्दलाई शौचालयको व्यवस्था नहुनु, खानेपानीको व्यवस्था नहुनु, सडकको व्यवस्था नहुनु, उचित खानपीन रे बसोबासको व्यवस्था नहुनु ,बिजुली बत्तिको समस्या, मोबाइल टावरको समस्या, आदि मूल रुपमी धेखिएका रे दर्शनार्थीले भोग्ने अरेका समस्याहरु हुन् । यैका अलावा केदारका और आफ्नै आन्तरिक समस्याहरू पनि रया छन् । केदारका आफना आन्तरिक समस्याहरुलाई मूलरुपमी भण्णु पड्डा केदार अति विकट, उच्च ,अनकन्टार भिरका संङ्गै घनाघोर जङ्लमी हुनु आदि केदारका फरक विशेषता बोकेका पहिचानमी आधारित समस्याहरु हुन् ।

९ .सामाधानका उपाय :
ठूलाकेदार दर्शन अद्दजाने दर्शनार्थीले केदारधामका विषयमी आवश्यक पड्डे सबैकुरा जाणीबर त्यै बमोजिम आफूलाई चाइने आवश्यक सामानको बन्दोवस्त अरिवर दर्शन अद्द जानु उपयुक्त हुन्छ । किलाईकी ठूलाकेदार अति उच्च शिखरमी रह्या छन् । यहाँ दर्शन अद्द जने दर्शनार्थीले बाकलो लुगा सहित सिल्पिङ्ग व्याग बोकिबर गयो भणे त्याँ हुन्यै जाडी बाटाइ है बाँचन सकिन्छ । शुद्ध रे सात्विक खानेकुरापनि संङ्गै लइजाइबर जानुपडन्छ । ठूलाकेदार दर्शन अद्द जाँदाखेरी भौतै समस्या हुने भए पनि तिन् सबै समस्याहरूे केदार बाबाको शक्तिले सजिलै संङ्ग सामाधान भया पाइन्छ । जसरी केदारबाबा प्रति इति ठूलो आस्था–भरोसा राखिबर लाखौं–लाख मान्छे त्याँ दर्शन अद्द आउनाहान् तिसेरी केदार बाबास्थानको समुचित विकास रे प्रचार–प्रसारमी सबै सरोकार वालाले ध्यान दिन जरुरी भया छ । ठूला केदार उच्च शीखरमा त छनाइछन् , यै लाई आँज विकासका गतिमी थप उच्च शीखरमी पुर्याउनका लागि सवभण्णा त्यै केदारस्थानमि आवश्यक पड्डे आधारभूत कुराको व्यवस्था अरिनुका साथै यै स्थानललाई सडक मार्गले जोड्नु पनि भौत आवश्यक भैसक्या छ ।
१० . निष्कर्ष

यो, ठुलाकेदारका विषयमी सामान्य जानकारी दिने किसिमले तयार अरिया आलेख हो । यै नाना लेखमी केदार सम्वन्धि सबै कुरा लेख्द सकिया छैन । जे भए लगै डोटी जिल्लाको लाना केदारेश्वर रे धिर्गामाण्डौ गा.वि.स.का बीच सिमानामी ठूला केदार विराजमान् रहेको मनमोहक पर्यटकीय स्थल हो । त्यैका विषयमी शब्दमी बयान गर्न असम्भव छ । ठूलाकेदारको दर्शन अरे पछि मनोकामना पुरा हुने जन विश्वास रह्या हुनाले यैको दर्शन अद्दा खिलाई सदाइका वर्ष लाखौँ मान्छे दर्शन अद्द आउँना छन्। इति ठूलो जनविश्वास जितेको केदार बाबाको विकास, प्रचार– प्रसारमी ध्यान दिया खण्डमी यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य स्थल बन्ने निश्चत छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.