Sujang

सिलगढीमा लिङ्गे पिङ हालियो 

Ban
प्रकाश बम,असोज १३ गते डोटी – हिन्दु नेपालीहरूको महान् चाड वडा दशैं तथा शुभ दीपावलीको उपलक्ष्यमा  सिलगढीमा लिङ्गे पिङ हालिएको छ।
सिलगढीमा रहेको टुँडिखेलमा चाडबाडलाई लक्षित गर्दै भैरव प्रसाद गणद्वारा लिङ्गे पिङ हालिएको हालिएको हो।
रीतिरिवाज, भेष भूषा लोप हुँदै गएकोले यसको जगेर्ना गर्न लिङ्गे पिङ हालिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताए ।
उनले भने,´गाउँमा मात्र होइन विगत केही वर्ष अगाडि सम्म सहर बजार आसपासमा निक्कै पिङ देख्न पाइन्थ्यो। अहिले संस्कृति हराउँदै गएको छ । त्यसको संरक्षण र संवर्द्धनमा सबैले लाग्नु पर्ने देखिन्छ ।´
दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको पाइन्छ  ।
वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेल्ने दसैँमा रमाइलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ ।
पिङ एक मनोरञ्जन
Krishi
दसैँ भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दसैँको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर वर्षमा एक दिन न आउने हो ।
दसैँमा मनोरञ्जन गर्ने अनेक विधि छन् । तौर तरिका छन् । त्यसमध्ये परम्परागत तरिका हो, लिङ्गे पिङ । टिका थापिसकेपछि सबैजसो पिङमा मच्चिएर मनोरञ्जन गर्न हतारिन्छन् । पिङ एक रोमाञ्चक अनुभव पनि हो ।
स्वास्थ्यका लागि
दसैँमा लिङ्गे पिङ किन खेलिन्छ होला ? यसको सोझो जवाफ हो, मनोरञ्जनका लागि । तर, यतिले मात्र जवाफ पुग्दैन । पिङ खेल्नुको सम्बन्ध हाम्रो शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ । दसैँमा पिङ खेल्दा केही शारीरिक लाभ मिल्छ ।
दसैँलाई हामी मिठो मसिनो खाने चाड भन्छौँ । खासगरी मासुजन्य परिकार खाने चाड । यति बेला घरमा मिठो मसिना खाइन्छ । पाहुना लाग्दा मिठो मसिनो खाइन्छ । अनेकथरी खाइन्छ । आफन्तको मन राख्नका लागि पनि खानैपर्छ । यसरी खानाको मात्रा बढ्दा त्यसले स्वभाविक रूपमा हाम्रो  पाचन यन्त्रलाई असर गर्छ । मासुजन्य परिकार वा चिप्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ ।
यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायाम हुन पुग्छ ।
यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ । त्यसैले दसैँमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.