Sujang

‘पश्चिम सेती जलविद्युत परियोजना बन्नेमा अझै आसावादी छौँ ’

माघ १ गते डोटी : पश्चिम सेती जलविद्युत परियोजना बन्नेमा अझै आसा बादी रहेको एक  कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार दिपायलमा रेडियो नेपालले पश्चिम सेती परियोजना र जनसरोकार स्थलगत रेडियो बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले यस्तो बताएका हुन् ।

बहस कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजी सिंह खड्का ‘विजय’ले विगतमा विभिन्न कम्पनीले पश्चिम सेती आयोजना निर्माण गर्ने भन्दै देखाएको आसा अन्तिममा निराशामा परिणत भए पनि अब बन्छ कि भन्नेमा आसावादी रहेको बताए । भारतीय कम्पनीले बनाउनेमा थोरै आशा पलाएको उनले बताए । यस्ता राष्ट्रिय गौरवको योजनामा  दलगत स्वार्थ त्यागेर सबैले एक जुट भएर लाग्नुपर्ने कुरामा नगर प्रमुख खड्काले जोड दिए ।वातावरणि प्रभाव तथा मूल्याकंन गर्न आवश्यक रहेको समेत उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगर पालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले अहिलेको कम्पनीले पहिले भन्दा केही काम गरिरहेकोले पश्चिम सेती परियोजना बन्नेमा आसा पलाएको बताए ।  धेरै कम्पनीलाई काम दिए पनि काम हुन नसक्नु भनेको राज्यले भूमिका निर्वाह गर्न नसक्नु पनि एक भएको उनले बताए ।
स्थानीय तहबाट हुने सहयोग गर्न तयार रहेको बताउँदै संघ सरकारले राष्ट्रिय गौरवका योजनामा विशेष तरिकाले अगाडी बढ्नु पर्नेमा जोड दिए।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले भारतीय कम्पनीले पश्चिम सेती बनाउने आसा पलाएको बताए । भारतीय कम्पनी एनएचपीसीका बारेमा केही अध्ययन गर्दा उसले ठूलाठूला आयोजना निर्माण गरेको बताउँदै त्यसैले पश्चिम सेती पनि उसले बनाउन सक्छ भन्ने मलाई विश्वास लागेको उनले बताए  । तर सरकारले उसलाई लगानीको वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए ।

शिखर नगर पालिका उप प्रमुख सुनिता रावल जोराले पश्चिम सेती परियोजनाका बारेमा स्थानीय स्तरमा बहस चलाउन आवश्यक रहेको बताइन् । परियोजनाको लाभका बारेमा जनप्रतिनिधिले स्थानीयलाई बुझाउन जरुरी रहेको बताउँदै संघ सरकारले दृढ इच्छा शक्तिका साथ लागे परियोजना बन्नेमा आसावादी रहेको बताइन् ।

बहस कार्यक्रममा बोल्दै दिसिनपा उप प्रमुख कलावती महर साउँदले परियोजना सफल नहुनुको पछाडि सबैको कमजोरी रहेको बताइन् । पश्चिम सेतीका बारेमा विगत ४०  वर्ष देखि चर्चा चल्दै आएको छ तर फेरी भारतीय कम्पनीलाई सो आयोजना निर्माणको जिम्मा दिइएर काम अगाडि बढी सकेकाले केही आसावादी रहेको उनले बताइन् ।

डोटी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलानन्द जोशीले पश्चिम सेती परियोजना लागू गरे सँगै सरकारले विज्ञ टोली गठन गरेर वातावरणीय प्रभाव ,भौगोलिक लगायतका बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । सेती परियोजना बारेमा आफूले रिसर्च गरेको बताउँदै वातावरणीय प्रभाव ,असर ,फाइदा ,बेफाइदा बारेमा बुझेर परियोजना अगाडी बढाउँदा प्रभावकारी हुने बताए ।

बहस कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघ डोटी अध्यक्ष विक्रम साउँदले पश्चिम सेती परियोजना बने यसले यहाँको आर्थिक, सामाजिक र रोजगारीमा ठुलो टेवा पुग्ने बताए । परियोजना निर्माण सम्पन्न गर्न सबैले दबाब दिन आवश्यक रहेको समेत बताए ।

निर्माण व्यवसायी महासंघ डोटीका अध्यक्ष घनश्याम पाठकले राज्यको नीति नै स्पष्ट नभएको र दलीय स्वार्थका कारण पश्चिम सेती निर्माण कम्पनी फेरिँदै गएको बताए । परियोजना निर्माण कम्पनीलाई राज्य सहित सबै एक जुट भएर स्वच्छ मनोभावनाका साथ सहयोग गरे पश्चिम बन्नेमा आसावादी रहेको बताए ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य जित बहादुर खड्काले पश्चिम सेती परियोजना बन्ने कुरामा अझै आसा मरेको छैन बताए । लामो समय देखि सरकारले पश्चिम सेतीको सपना देखाए पनि भारतीय कम्पनी एनएचपिसिले केही गर्छ भन्ने थोरै मनमा आसा जागेको छ। यस्ता गौरवका योजना निर्माणका लागि सबै दल एक ठाउँमा  उभिएर दबाब दिन आवश्यक रहेको बताए ।पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुँदा सुदूरपश्चिमको मात्र नभई देशकै आर्थिक स्थित सबल हुने भन्दै उनले सो आयोजनालाई राजनीतिक दलले निस्वार्थ भावनाले अघि बढाउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सुदूर पश्चिम प्रदेश सदस्य तेज डुम्रेलले वर्तमान सरकारले पश्चिम सेती परियोजना निर्माण गर्ने कुरामा आफू विश्वत रहेको बताए ।

रास्वपा डोटीका संयोजक केशव बलायरले सरकारले नीतिगत रूपमा सुधार गर्नुपर्ने बताए । राष्ट्रिय गौरवका योजनालाई सबैले स्वागत गर्नुपर्ने बताउँदै सरकारले यस्ता योजना निर्माण गर्ने कम्पनी बारेमा बुझेर मात्र निर्माण सम्झौता अगाडि बढाउनु पर्ने बताए ।

गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष लाल विकले यस्ता गौरव योजना निर्माणमा सबैले हातेमालो र दबाब सिर्जना गर्न आवश्यक रहेको बताए ।सरकारले भारतीय कम्पनी एनएचपीसीलाई दुई वटा आयोजनाको सर्वेक्षण गर्ने अनुमति दिँदा नागरिक भने सो आयोजना निर्माण हुनेमा अहिले पनि ढुक्क नरहेको बताए । सरकारले  लगानीको वातावरण बनाउन सके परियोजना अगाडी बढ्नेमा केही आसा देख्न सकिने बताए ।

नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले विगत लामो समय देखि विभिन्न कम्पनीले के के अध्ययन गर्‍यो भन्ने कुराको केही प्रमाण नहुनु दु:खद कुरा भएको बताए । राज्यले परियोजनाका बारेमा स्पष्ट नीति बनाउन आवश्यक रहेको बताए । अध्ययनका भरमा परियोजना बन्ने कुरामा आफू विश्वस्त नभएको अध्यक्ष शाहीले बताए ।

पश्चिम सेतीका नाममा फ्रान्सेली कम्पनी सोग्रेहले १० वर्ष, स्मेकले १८ वर्ष, थ्री–गर्जेजले ७ वर्ष अध्ययनमा मात्रै बिताएका थिए । अहिले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी सँग सम्झौता गरेर काम अगाडि बढाएको छ।

बहस कार्यक्रम रेडियो नेपालका कार्यक्रम अधिकृत उद्धव सिंह ढाट चुवागडी र रेडियो नेपाल दिपायलमा कार्यरत प्रकाश बमले चलाएका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.