एकेन्द्र चन्द, डोटी :डोटीका ग्रामीण भेगमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि बिस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो ।
बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि औजार केन्द्रमा निर्माण भएका कृषि औजारका तुलनामा गाउँमा परम्परागत आरनबाट निर्माण गरिने औजार तथा हातहतियार महँगा हुने र बढी समय लाग्ने भएकाले पनि परम्परागत कृषि औजारको महत्वमा कमी आउँदा वर्ष अघिसम्म परम्परागत आरनमा बनाइएका कृषि औजार र हातहतियारको प्रयोग बाक्लै हुन्थ्यो,तर अहिले बिस्तारै लोप हुँदै जान थालेका छन् ।
पहिले पहिले यसै पेसाले घरपरिवारलाई एक गाँस खुवाउन सहयोग पुगेको थियो भने जनसङ्ख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा यस व्यवसायबाट घरपरिवार पाल्न समस्या हुँदै आएको र नयाँ पुस्तालाई व्यवसाय गर्न तर्फ आकर्षण गर्न नसक्दा पेसा बाट नै पलायन हुनुपर्ने अवस्था आएको बर्षौ देखि आरन व्यवसाय गर्दै आएका डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का आरन व्यवसायी चन्द्र बहादुर विकले बताउनु भयो ।
स्थानीय सरकार विभिन्न सघ सस्थाहरुले आरन सम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आएका छन् तर पनि नयाँ पुस्ता आरन व्यवसाय गर्न तयार देखिदैनन्न ।
पछिल्लो समय बजारमा आधुनिक प्रविधि र सीपको प्रयोग गरी सस्तो र छिटोछरितो हुने कृषि औजार कारखाना खुलेपछि ग्रामीण क्षेत्रमा सञ्चालित परम्परागत आरन व्यवसाय संकटमा पर्न थालेकाका छन् ।