रामदुलारी राना:डोटी जिल्लामा सेवा प्रदायक र सुचिकृत स्वास्थ्य संस्थाहरुले सेवाको निरन्तरता दिएसंगै सुचिकृत संस्था थप भएका छन् ।
जिल्लामा अहिले २९वटा सुचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवाप्रवाह भईरहेको र जिल्लामा जिल्ला अस्पताल डोटी, पुर्विचौकि गाँउपालिकाको सानागाँउ स्वास्थ्यचौकी , पोखरी स्वास्थ्यचौकी, सायल गाँउपालिकाको डौड,छपालीर तोलेनी स्वास्थ्यचौकी, आदर्श गाँउपालिकाको मौवानगरदह स्वास्थ्यचौकी, वडीकेदार गाँउपालिकाको बर्छेन,लाना केदारेश्वर,घांगल र मान्नाकापडी स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए ।
त्यस्तै वोगटान फुड्सिल गाउँपालिकाको केदार अखडा प्राथमिक स्वास्थ्यचौकी, गगुडा स्वास्थचौकी र चमराचौतारा स्वास्थ्यचौकीबाट सेवा प्रवाह भईरहेको छ । जोरायल गाउँपालिकाको छतिवन स्वास्थ्यचौकी, सरस्वतीप्राथमिक स्वास्थचौकि,गड्सेरा स्वास्थ्यचौकी र निरौलि स्वास्थ्यचौकीमा सेवा रहेको छ । त्यस्तै के.आई.सिं. गाउँपालिकाको तिखात्तर स्वास्थ्यचौकी, दुर्गामाण्डौ स्वास्थ्यचौकी र भुमिराजमाण्डौ स्वास्थ्यचौकीमा सेवा उपलब्ध छ ।
त्यस्तै शिखर नगरपालिकाको कपल्लेकी,मुडभरा, दानकोट र वन्लेक स्वास्थ्यचौकी , दिपायल सिलगढी नगरपालिकाको तिखा स्वास्थ्यचौकी, नेपाल परिवार नियोजन सङ्घ , लडागडा स्वास्थचौकि र शैलेश्वरी अस्पतालबाट सेवा उपलब्ध छ । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएको र सुचिकृत संस्थाको विश्वास वढ्दै गएको प्रमुख जोशीले बताए । उनले भने, –“परिवार नियोजनको सेवा र सुरक्षित गर्भपतन लिनेको सङख्या लिल्लामा बढेको छ ।
जिल्लामा हाल कोभिडपछि रोजगारीका लागि विदेश गएकाहरू घर र्फकिएका छन् जसले गर्दा परिवार नियोजनको सेवालिनेको सङख्या बढेको छ । विगतमा असुरक्षित रुपमा गर्भपतन सेवा लिंदा धेरैको अकालमा ज्यान गएकाले नागरिक तथा राज्यपक्ष सचेत भएसंगै जिल्लामा सुचिकृत संस्थाहरु थपिएका छन् ।जिल्लामा विगतमा थोरै सुचिकृत संख्या हुँदा सुरक्षित गर्भपवतन गराउन निक्कै असहज परिस्थिति रहको केहि वर्ष अगाडी गर्भपतन सेवा लिनेहरुको भनाई छ ।
यस्तो छ सुरक्षित गर्भपतन गराउनेहरूको पाँच वर्षको तथ्याङ्क।
जिल्ला स्वास्थ्यकार्यालय डोटीका अनुसार आर्थिक वर्ष २०७५÷०६६ मा सुरक्षित गर्भपतन गराउनेहरू एक हजार एक सय ४७ रहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७६÷०७७मा एक हजार ३१, आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार एक सय १० र आर्थिक वर्ष २०७८÷०७९ मा नौ सय २६ र आर्थिक वर्ष२०७९÷०८० मापाँच सय २५ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् ।
सुरक्षित गर्भपतन गराउनेमध्येबीस वर्ष मुनिका आर्थिक वर्ष २०७५÷०६६ मा७० जना, २०७६÷०७७ मा ४९ जना, २०७७÷०७८ मा ३५ जना, २०७८÷०७९ मा ४० जना र २०७९÷०८०मा १९ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
हाल जिल्लाको सबै सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका छन् । सेवाबन्द रहेका सबै स्वास्थ्यचौकी संस्थाबाट सुरक्षित गर्भपतन सेवा शुुरु भईसकेको छ । बाँकी ५ वटा स्वास्थ्यचौकिका लागि स्वास्थकर्मीहरुले तालीम लिईसकेका र केही समयमा सेवा सुचारु हुने जोशीले जानकारी दिए । उनले अगाडी भने – “ जथाभावी मेडिकलबाट औषधी किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जरुरी छ ।’’
दिसिनपा –१ वस्ने वर्ष ४८ कि नाम परिर्वतन (सिता) ले शुुरुमा चार वर्ष डिपो लगाइन् र दुई वर्ष कपडी लगाइन तर उनलाई फापेन । त्यस पछि उनले तिन वर्ष पिल्स खाईन । तर पिल्स खाँदा उनलाई सधै वाक वाकि र वान्ता आउने समस्या भयो । अन्तमा उनले औषधि खान छोडीन् त्यस पछि उनको गर्भ रहन गयो । सुचिकृत संस्थाबाट चार पटक गर्भपतन सेवा लिईन् । उनले चार पटक विभिन्न सुचिकृत संस्थाबाट दुई दुई वर्षको अन्तरमा गर्भपतन सेवा लिईन् । गत वर्ष उनले अन्तिम पटक गर्भपतन गराईन् । उनका घरमा दुई छोरा, दुई छोरी छन् । नातिनातिना समेत भै सकेका छन् । यस्तो अवस्थामा सुचिकृत संस्थावाट गर्भपत सेवा लिन पाँउदा खुशी छु । उनले भनिन् –“विगतमा सुचिकृत संस्था नहुँदा धेरै दिदिबहिनीहरुको अकालमा ज्यान गएको कुराको स्मरण गर्दै नजिकको सुचिकृत संस्थाबाट सेवा लिन पाउँदा सुरक्षित महशुस भएको छ, म अहिले स्वस्थ छु । ”
आइपास नेपाल सुदूर पश्चिमका कोडिनेटर उपेन्द्र कुँवरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपत सेवाका बारेमा स्थानीयतहरुले स्वास्थ्य नीति बनाउन ढिला गरेकोे र यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा पुर्णरुपमा जानकारी नहुँदा समुदायमा झन् जोखिम बढ्दै गइरहेको जानकारी गराए ।
समाजमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत मधु पोखरेलले प्रजनन् स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जवाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्नेमा जोड दिइन् । समुदायस्तरमा यौन तथा प्रजनन् स्वास्थ्यकाबारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन् स्वास्थ्यका बारेमा खुलेर विचार विमर्श नहुँदा समस्या निम्तिएको बताइन् ।
किशोरी एवं महिलाहरु अज्ञानताका कारण असुरक्षित गर्भपत गर्न वाध्य भइरहेका सुजङ अस्पताल राजपुरका प्रमुख तथा स्वास्थ्यकर्मी अर्जुन बलायरले बताए ।उनले अगाडि थपे – “मातृ मृत्युदर हुने प्रमुख कारण मध्ये असुरक्षित गर्भपतन प्रमुख कारण हो ।”
महिलाहरु सुरक्षित गर्भपतनको निम्ति स्वास्थ्य संस्था जान पनि हिचकिचाउने प्रवृत्ति छ । गर्भपतन सेवा निःशुल्क छ तर महिलालाई यो सेवा निःशुल्क प्राप्तगर्न सकिन्छ भन्ने जानकारी समेत छैन । धामी, झाँक्री समक्षपुग्ने, झारपात वा अन्य औषधि प्रयोग गरिरहेको पाइन्छ । असुरक्षित गर्भपतनले शारीरिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ तर यो समस्याको बारेमा हामीले समाजमा छलफल शुुरु गरेको छैनौँ। हरेक महिलामा हर्मोन असन्तुलन र महिनावारीमा गडबडी हुने जोखिम प्रवल हुन्छ जसको कारण असुरक्षित गर्भपतनले जीवन नै जोखिममा पर्न सक्छ । गर्भपतन गराँउदा औजार सफा नभएको अवस्थामा हेपाटाइटिस बी र एचआइभीको संक्रमण हुने खतरा हुन्छ त्यसकारण असुरक्षित गर्भपतन नगर्न चिकीत्सकहरुको सुझाव रहेको छ ।
जिल्लामा अस्थायी साधन प्रयोगमा वृद्धि र जनचेतनाका कारण पछिल्लो समय गर्भपतन गराउनेको संख्यामा कमी आएको नेपाल परिवार नियोज संघ डोटी शाखामा कार्यरत सिनियर अनमी निर्मला विष्टले बताईन् । समाजमा गर्भपतन गराउने भन्दा पनि यसलाई रोकथाम गर्नु नै उत्तम हो भन्ने चेतना विस्तारै निर्माण हुँदै गएको छ । निर्मला विष्टले अगाडि भनिन् – “सुचना प्रविधिको विकास तथा सचेतनाका कारण पनि गर्भपतन गराउनेको संख्यामा कमि आएको हो । ”
दिसिनपा – १ वस्ने वर्ष ३५ कि नाम परिवर्तन (पारु)ले शूरुमा पिल्स खाईन् । तर निरन्तर खान सकिनन् । उनले फेरी तिन वर्ष डिपो लगाईन् तर तिन वर्षसम्म उनलाई रक्तश्रावको समस्याले छोडेन । अहिले उनका दुईवटा छोरा छन् । दुवै छोरा १२÷१४ वर्षका छन् ।दुई छोरा भै सकेपछि उनले बच्चा नजन्माउने निधो गरिन् । उनले अस्थायी साधान प्रयोग गर्न छोडेपछि फेरी गर्भ बस्यो । गत वर्षदुईपटक दुई हप्ताको गर्भ बस्दा सुचिकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवापछि अहिले उनकोस्वास्थ अवस्था राम्रो छ ।
स्वास्थ क्षेत्रको संवेदशिलतालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा, छाउपडी प्रथा, छुवाछुत , लैगिकहिंसा, पितृसतात्मक सोचमा परिवर्तन गर्ने खालका विभिन्न जनचेतनामूलक कार्यक्रमलाई विशेष जोड दिनुको साथै यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा काम गर्ने क्रियाशीलसङ्घसंस्थाले सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिँदा हुने फाइदा तथा अवैधानिक र असुरक्षित संस्थाबाट सेवा लिँदा हुने हानी नोक्सानीका बारेमा गाँँउगााँँउ र टोलटोलमा समूह बनाएर जानकारी गराँउदा समुदायमा निकै सकारात्मक परिवर्तन आएको शिखर नगरपालिका उप–प्रमुख सुनिता रावलको बुझाई रहेको छ ।
डोटीमा विगतमा अशिक्षा तथा डरका कारण सुरक्षित गर्भपतन सेवा लिन हिच्किचाएर असुरक्षित तथा स्वास्थ्यमा गम्भीर असर पर्ने गरी सेवा लिनेको सङख्या अधिक रहेको तर चेतनास्तरको वृद्धिका कारण मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिनेको सङख्यामाविगतमाभन्दा धेरै सुधार आएको छ । स्थानीयतहले पनि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीका लागि राहत पुगोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गरेको आदर्श गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताईन् । स्थानीय तहमा कार्यरत स्वयम सेविकालाई मोवाइलवितरण तथा रिचार्जको व्यवस्था र राम्रो कार्य गर्ने स्वास्थकर्मीलाई नगद तथा सम्मान गर्ने योजनाले सकारात्मक परिणामदेखिएको छ ।
२०५९ साल असोज १० गते मुलुकी ऐनको संशोधनबाट नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको हो । जिल्लामासरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । जिल्लामा असुरक्षितगर्भपतन गर्ने महिलाको सङ्ख्या ५८ प्रतिशत छ । नेपालमा गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहनगएको १८ हप्तासम्मको गर्भ र गर्भपतननगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वानिजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने अथवा बिकलाङ्ग बच्चाजन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतनगर्ने÷ गराउन सकिने व्यवस्था छ ।
तर,गर्भवती महिलाको मञ्जुरी बिना वा करकाप, धम्की, ललाई फकाई, झुक्याई वा प्रलोभन देखाएर ,भु्रणको लिङ्ग पहिचानगरि गर्ने गर्भपतन, सरकारले मान्यता नदिएको संस्था र तालिम नपाएका स्वास्थ्यकर्मीले दिएको सेवा असुरक्षित तथा अवैधानिक हुन्छ । नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ स्वीकृत भएको छ। यस ऐनलाई व्यवहारमा कार्यान्वयन गर्दा सुरक्षित गर्भपतनमा सहयोग पुग्छ ।
असुरक्षित गर्भपतन विरुद्ध जनचेतना फैलाउने काममा सरकारले ध्यान दिनुपर्छ । दुर्गम क्षेत्रमापनि सुरक्षित गर्भपतनको सेवालाई पहुँचयोग्य बनाउनुपर्छ । परिवारका सदस्यले पनि सुरक्षित गर्भपतनका लागि सहयोग गर्नुपर्छ । सुरक्षित गर्भपतन सेवालाई सबैको पहुँचयोग्य र सर्वसुलभ बनाउने दायित्व सबैको हो । नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा सुरु गरिएको पनि १८ वर्ष बितिसक्यो ।
स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रहेको छ । सरकार तथा सेवाप्रदायकहरूले ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता,सेवाको सुनिश्चितता’ भनिरहँदा कतै असुरक्षित गर्भपतन नहोस्, असुरक्षित गर्भपतनका कारण गर्भवतीको मृत्यु नहोस् भन्ने सरकारको उद्देश्यलाई पुर्णरुप दिन राज्यपक्ष तथा सरोकारवालाको ध्यानजान जरुरी देखिन्छ जसले गर्दा अपनाउनुपर्ने सावधानी तथा सतर्कताका बारेमा अनभिज्ञ भएकै कारण गर्भवती महिलाले दुःख नपाउन् ।