Sujang

धार्मिक स्थल गोदावरीमा रोपियो कल्पवृक्ष

Ban

सुदूरपश्चिम प्रदेशको राजाधानी गोदावरीमा कल्पवृक्ष रोपण गरिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया बजारस्थित भरतपुर टोलको रामजानकी मन्दिर र गोदावरी मन्दिरको माथि डाडामा रहेको गोरख धुनीमा कल्पवृक्ष रोपण गरिएको हो ।

रामजानकी मन्दिर परिसरमा वरिष्ठ पत्रकार पिआर चटौत र गोरख धुनीमा ब्राजिल बाबाले कल्पवृक्ष रोपेका हुन् । ब्राजिल बाबाले हिन्दी, नेपाली र ब्राजिलियन भाषा मिश्रित गर्दै भने, ‘यो हिन्दू संस्कृतिको महान वृक्ष हो, यस वृक्षको विहानै दर्शन गर्दा सकारात्मक ऊर्जा दिन्छ ।’

वरिष्ठ पत्रकार चटौतले पत्रकार पुष्पराज जोशीको कल्पवृक्ष अभियानलाई सदैव साथ दिदै हरित अभियान सञ्चालन गर्ने बताए । यस अघि धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको थियो । सुदूरपश्चिममा पहिलो पत्रकार पुष्पराज जोशीले कल्पवृक्ष रोपण गरेका थिए ।

Krishi

कल्पवृक्षको महत्व

वेद र पुराणमा कल्पवृक्षका विषयमा लेखिएको छ । कल्पवृक्ष स्वर्गको एक विशेष वृक्ष हो । पौराणिक धर्मग्रन्थ तथा हिन्दू मान्यताका अनुसार कल्पवृक्षको मुनि बसेर इच्छा गरेको कुरा पूर्ण हुन्छ, किनकी यो वृक्षमा अपार सकारात्मक ऊर्जा हुन्छ ।

पुराणका अनुसार समुन्द्र मन्थनहुँदा १४ रत्न मध्येको एक कल्पवृक्षको उत्पति भएको थियो । समुन्द्र मन्थन हुँदा प्राप्त यो वृक्ष देवराज इन्द्रलाई दिइएको थियो । इन्द्रले यसको रोपण ‘सुरकानन वन’ ९हिमालयको उत्तर० मा गरेका थिए ।

ओलिएसी कुलको यो वृक्षको वैज्ञानिक नाम ओलिया कस्पीडाटा हो । यो यूरोपको फ्रन्स तथा इटाली, जर्मनीमा धेरै मात्रामा पाइन्छ । यो वृक्षको औषत आयू ३ हजार वर्षदेखि ६ हजार वर्षसम्म हुन्छ । भारतको राँची, अल्मोडा, काँशी, नर्मदा किनार, कर्नाटकका केही महत्वपूर्ण धार्मिक स्थलमा यो वृक्ष रहेको पाइन्छ ।

कल्पवृक्ष एक औषधिय गुण भएको वृक्ष हो । यसमा सुन्तलाको ६ गुणा बढी भिटामिन ‘सी’ पाइन्छ । गाईको दूध भन्दा दुई गुणा बढी ‘क्याल्सियम’ हुन्छ भने यसका अलावा सबै प्रकारका भिटामिनहरु पाइन्छ । यसको पातलाई त्यत्तिकै या पानीमा उमालेर खान सकिन्छ यसको फूल औषधिमा प्रयोग गर्ने गरिन्छ । यो पात एलर्जी, दम, मलेरियामा प्रयोग गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ का अनुसार हाम्रो शरीरमा आवश्यक ८ अमिनो एसिड मध्ये ६ एसिड यो वृक्षमा पाइन्छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.