

माघ ३, डोटी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवार टुङ्गो लगाउने कार्य गरिरहेको छ । डोटीबाट नेकपाले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

भट्ट २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोटी प्रदेश सभा `ख´ मा प्रदेश सभा सदस्यमा निर्वाचित भई पाँच वर्ष सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए । २०७९ को निर्वाचनमा उम्मेदवार नबनेका उनी यस पटक प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् ।
डोटीबाट भट्ट सँगै संविधान सभा सदस्य हर्क बहादुर सिंह, जङ्ग विक, अञ्जिता श्रेष्ठ, सिद्धराज विक, वीर बहादुर थापा, धनबहादुर विष्ट र प्रकाश जोशी सहित ८ जना उम्मेदवारको लागि सिफारिस भएका थिए ।

