

असोज ३,डोटी –जिल्ला कारागार डोटीका दुई जना कैदीबन्दीलाई आम माफी दिइएको छ। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनाको बाँकी कैद कट्टा गरेपछि उनीहरु कैदमुक्त भएका हुन्।

बहुविवाह मुद्दामा २ वर्ष ६ महिना जेल सजाय भएका केआईसिंह गाउँपालिका-४ का अन्दाजी २६ वर्षीय श्यामबहादुर कार्कीको बाँकी कैद मिनाहा गरिएको हो। उनले १ वर्ष ८ महिना कैद सजाय काटिसकेका थिए।
त्यस्तै, डोटी जिल्ला बाल सुधार गृहबाट १७ वर्षीय बालकको बाँकी कैद मिनाहा भएको छ। सवारी ज्यान मुद्दामा २०७८ साउन ५ गतेदेखि जिल्ला बाल सुधार गृहमा कैद सजाय काटिरहेका उनको बाँकी कैद मिनाहा गरिएको बताइएको छ। उनलाई दुई वर्षको कैद सजाय तोकिएको बताइएको छ।

