Sujang

दसैंको मुखमा डोटीको झिग्रानामा विद्युत सेवा जडान

Ban

भदौ २७ गते डोटी-दसैंको मुखमा डोटीको पुर्बिचौकी गाउँपालिका –२ झिग्रानामा विद्युत सेवा जडान गरीएको छ । आइतबार ५० केभिको ट्रान्सर्फमर झिग्राना जडान गरे संगै वडाका सवै टोलमा सेवा पुगेको हो ।

पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विद्युत सेवाको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले भने ,‘मेरो चुनावि घोषणा पत्रमा सवै वडामा विद्युत सेवा पु¥याउने थियो । सवैको सहयोगमा पर्यटकिय क्षेत्रमा विद्युत्त सेवा पु¥याउन पाउँदा खुशि व्यक्त गेर । सहयोगि सवैलाई धन्यवाद दिए।’

Krishi

भु–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा लामो समय देखि विद्युत सेवा जडान नहुँदा निक्कै समस्या खेपि रहेका झीग्राना होम स्टेका सञ्चालक दिपक खड्काले विद्युत्त सेवा पुग्दा खुशि व्यक्त गरे । उनले भने ,‘विद्युत सेवा नहुँदा विगतका दिनमा व्यापार व्यवसाय गर्न गाह्रो हुने गरेको थियो । आगामि दिनमा आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा सुविधा दिन सहज हुने छ ।’

पुर्बिचौकी गाउँपालिकाका –२ बग्लेकका अध्यक्ष योगेन्द्र बहादुर ठकुल्लाले आफुले निर्वाचन अगाडी विद्युत्त सेवा वडाका सवै टोलमा पु¥याउछु भन्ने कुरा पु¥याउन सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गरे ।

विद्युत्त सेवा नपुगेका सवै ठाउँमा विद्युत सेवा जडान गर्ने कार्य भैरहेको नेपाल विद्युत्त प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख राजेन्द्रलाल देवले वताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.