Sujang

धनगढी–खुटिया–दिपायल–चैनपुर फास्ट ट्रयाकलाई उच्च प्राथमिकतामा राख्छौ : उपप्रधानमन्त्री श्रेष्ठ

Ban
प्रकाश बम,डोटी ः धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ फास्ट ट्र्याक सडकलाई उच्च प्राथमिकतामा राखिने उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
डोटी चेम्बर अफ कमर्सको आयोजनमा विहिवार देखि दिपायलमा गरिएको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।सङ्घीय सरकारको आगामी बजेटमा पहिलो प्राथमिकतामा राखेर फास्ट ट्र्याक कामलाई दुत्र गतिमा अगाडी बढाईने बताए ।
Krishi
खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा रहेको बताउँदै यसको विकासका लागि विशेष जोड दिने समेत उपप्रधान मन्त्री श्रेष्ठ बताए ।
निर्माण भइरहेका तथा ठेका पट्टामा रहेका कामलाई यथाशक्य चाँडो रूपमा सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिए । सम्झौता अनुसारको काम गर्न ढिलाइ गरेमा कानुनको दायरमा ल्याइने समेत उनले बताए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.